लुको प्रभाव बढेपछि बर्दिबासका सबै विद्यालय तीन दिनका लागि बन्द
काठमाण्डौं । महोत्तरीको बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र लुको असरबाट विद्यार्थीलाई जोगाउन नगरभित्र सञ्चालित सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिनहरूमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बेहोस हुने घटना बढ्न थालेपछि स्थानीय सरकारले यस्तो निर्णय लिएको हो।

