आईतवार, असार १४,२०८३ 04:42:36
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:42:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुको प्रभाव बढेपछि बर्दिबासका सबै विद्यालय तीन दिनका लागि बन्द

Laxmi Sunrise Bank Limited
लुको प्रभाव बढेपछि बर्दिबासका सबै विद्यालय तीन दिनका लागि बन्द

काठमाण्डौं । महोत्तरीको बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र लुको असरबाट विद्यार्थीलाई जोगाउन नगरभित्र सञ्चालित सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।  

पछिल्ला दिनहरूमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बेहोस हुने घटना बढ्न थालेपछि स्थानीय सरकारले यस्तो निर्णय लिएको हो।

New Office
CG Motors
Garima Development Bank

चर्किंदो तापक्रमले विद्यालयको पठनपाठन वातावरण प्रतिकूल बन्दै गएपछि बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।  

विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर देखिएपछि नगर कार्यपालिकाको बैठकले सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको हो।

बर्दिबास क्षेत्रमा केही दिनयता गर्मीको मात्रा असामान्य रूपमा बढेको छ।

तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको र तातो हावा चलिरहेकाले विद्यालयमा अध्ययनरत बालबालिकाहरू बढी प्रभावित भएका छन्।

विशेषगरी जस्तापाताले छाइएका विद्यालय भवनहरूमा गर्मी अत्यधिक हुने गरेको शिक्षकहरूले बताएका छन्।  

कक्षाकोठाभित्रको तापक्रम उच्च हुँदा विद्यार्थीहरूलाई टाउको दुख्ने, शरीर कमजोर हुने, रिङ्गटा लाग्ने तथा बेहोस हुने समस्या देखिन थालेको छ।

बर्दिबास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार एकै दिन २० जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन चिन्तित बनेको थियो।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसको भोलिपल्ट पनि पाँच जना विद्यार्थी कक्षाकोठामै अचेत भएपछि उनीहरूलाई बाहिर निकालेर शीतल स्थानमा राखिएको थियो।

विद्यालयका शिक्षक रामजीवन महतोका अनुसार जस्तापाताको छानामुनि रहेको कक्षाकोठा दिउँसो अत्यधिक तात्ने भएकाले विद्यार्थीहरूलाई लामो समय बस्न कठिन हुने गरेको छ।  

त्यसका कारण स्वास्थ्य समस्या बढ्दै गएको उनले बताए।

यसअघि बर्दिबासकै कान्तिबजार माध्यमिक विद्यालयमा समेत १० जना छात्रा बेहोस भएको घटना सार्वजनिक भएको थियो।  

लगातार यस्ता घटना दोहोरिन थालेपछि नगरपालिकाले जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।

बर्दिबास नगरपालिकामा हाल ५० सामुदायिक, २९ निजी तथा तीन धार्मिक विद्यालय सञ्चालनमा छन्।  

ती विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखाको तथ्यांक छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.