गरिमा हत्या प्रकरणमा सहमति भएसँगै खुल्यो चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक
काठमाण्डौ । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड सञ्चालनमा आएको छ। पीडित परिवार र सरकारबीच नयाँ सहमति बनेपछि आन्दोलनरत पक्षले सडक अवरोध हटाएको हो। सडक खुलेसँगै यस क्षेत्रमा रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् भने औद्योगिक गतिविधि पनि सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ।पीडित...

