गोकुल बास्कोटा भन्छन् ‘जसको आन्दोलन उही नेता हुनु नि,फेरि उत्खनन किन ?’
काठमाण्डौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले जेनजी समूहलाई लक्षित गर्दै आन्दोलनबारीबाटै देशलाई नेतृत्व प्रदान गर्नुपर्ने बताएका छन् । जेनजी समूहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेसँगै बास्कोटाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । बास्कोटाले फेसबुकमा स्टाटस लेख्दै यस्तो कटाक्ष गरेका हुन् ।