काठमाण्डौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले जेनजी समूहलाई लक्षित गर्दै आन्दोलनबारीबाटै देशलाई नेतृत्व प्रदान गर्नुपर्ने बताएका छन् । जेनजी समूहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेसँगै बास्कोटाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
बास्कोटाले फेसबुकमा स्टाटस लेख्दै यस्तो कटाक्ष गरेका हुन् ।
‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले,झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो।किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ,जस्को आन्दोलन उही नेता हुनु नि।फेरि उत्खनन किन ?’ उनले लेखेका छन् ।