भारतको अर्थतन्त्रभन्दा ८ गुणा बढी भयो सुनको मार्केट क्याप, अमेरिका र चीन पनि पछाडि परे !
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । आज सुनको मूल्य प्रतिऔंस ५,१०० अमेरिकी डलर नाघेको छ भने चाँदीको मूल्य पनि १०८ डलर प्रतिऔंस पार पुगेको छ । मूल्यसँगै सुन र चाँदीको मार्केट क्यापिटलाइजेसन समेत ऐतिहासिक स्तरमा पुगेको छ।हाल सुनको कुल मार्केट क्याप ३५ ट्रिलियन डलर नाघेको छ भने चाँदीको मार्केट क्याप ६ ट्रिलियन डलरभन्दा बढी पुगेको छ ।...

