शुक्रबार, श्रावण ८,२०८३ 12:20:04
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:20:04
Bizshala
Global IME Bank Limited

भारतको अर्थतन्त्रभन्दा ८ गुणा बढी भयो सुनको मार्केट क्याप, अमेरिका र चीन पनि पछाडि परे !

भारतको अर्थतन्त्रभन्दा ८ गुणा बढी भयो सुनको मार्केट क्याप, अमेरिका र चीन पनि पछाडि परे !
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । आज सुनको मूल्य प्रतिऔंस ५,१०० अमेरिकी डलर नाघेको छ भने चाँदीको मूल्य पनि १०८ डलर प्रतिऔंस पार पुगेको छ । मूल्यसँगै सुन र चाँदीको मार्केट क्यापिटलाइजेसन समेत ऐतिहासिक स्तरमा पुगेको छ।

हाल सुनको कुल मार्केट क्याप ३५ ट्रिलियन डलर नाघेको छ भने चाँदीको मार्केट क्याप ६ ट्रिलियन डलरभन्दा बढी पुगेको छ । सुन–चाँदी दुवैको संयुक्त मार्केट क्याप संसारकै सबैभन्दा मूल्यवान कम्पनी मानिने एआई चिप निर्माता एनभिडियाको भन्दा करिब नौ गुणा बढी हो । एनभिडियाको हालको मार्केट क्याप ४.५६९ ट्रिलियन डलर रहेको छ।

विश्व अर्थतन्त्रभन्दा पनि बलियो सुन

सुन हाल विश्वकै सबैभन्दा मूल्यवान एसेट बनेको छ । सुनको मार्केट क्याप केवल कम्पनीहरूलाई मात्र होइन, ठूला देशहरूको अर्थतन्त्रलाई समेत उछिन्दै अघि बढेको छ । फोर्ब्सका अनुसार भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.१३ ट्रिलियन डलर रहेको छ, जुन सुनको मार्केट क्यापभन्दा करिब ८ गुणा कम हो । चाँदीको मार्केट क्याप पनि भारतको जीडीपीभन्दा बढी भइसकेको छ।

त्यस्तै, सुनको मार्केट क्याप विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका (३०.६२ ट्रिलियन डलर) को जीडीपीभन्दा बढी र चीन (१९.४ ट्रिलियन डलर) को जीडीपीभन्दा करिब दोब्बर रहेको छ।

विश्वका सबैभन्दा मूल्यवान एसेटहरूको सूचीमा सुन र चाँदीपछि एनभिडिया, त्यसपछि गुगलको पेरेंट कम्पनी अल्फाबेट (३.९६४ ट्रिलियन डलर) र एप्पल (३.६६५ ट्रिलियन डलर) रहेका छन्।

यस वर्ष कति बढ्यो मूल्य?

सन् २०२६ सुरु भएयता सुनको मूल्यमा करिब १८ प्रतिशत वृद्धि भएको छ भने चाँदीको मूल्यमा झन्डै ५१ प्रतिशत उछाल आएको छ । विश्लेषकहरूका अनुसार आगामी दिनहरूमा यी दुवै बहुमूल्य धातुको मूल्यमा ठूलो उतार–चढाव देखिन सक्छ।

अमेरिका, फेड र बजेटको असर

अमेरिकाको सुप्रीम कोर्टमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका ट्यारिफहरूको वैधतामाथि सुनुवाइ हुन लागेको छ । साथै अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदरसम्बन्धी निर्णय लिने तयारी गरिरहेको छ । यी दुवै घटनाले सुन–चाँदीको मूल्यमा प्रत्यक्ष असर पार्ने विश्लेषकहरूको भनाइ छ।

त्यसैगरी, फेब्रुअरी १ मा भारतकी वित्त मन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्ने तयारीमा रहेकी छन् । बजेटमा सुन–चाँदीको आयात शुल्क (इम्पोर्ट ड्युटी) मा परिवर्तन भएमा त्यसको असर दक्षिण एसियाली बजार हुँदै नेपाली बजारसम्म पनि पर्न सक्ने अनुमान गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.