जानकी मन्दिरमा हर्क साम्पाङका कार्यकर्ता र हिन्दु सम्राट सेनाबीच तनाव
काठमाण्डौ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव भएको छ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न मन्दिर क्षेत्रमा पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट हटाएका हुन्।

