होर्मुज जलडमरूमध्यमा इरानले सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी
काठमाडौं। इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी)को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ।

