मंगलवार, कार्तिक १०,२०८३ 12:09:30
  • मंगलवार, कार्तिक १०,२०८३ 12:09:30
Global IME Bank Limited

होर्मुजबाट तेल निर्यातमा सुधार, इरानी ट्यांकर आक्रमणको जोखिम कायमै

Bizshala
होर्मुजबाट तेल निर्यातमा सुधार, इरानी ट्यांकर आक्रमणको जोखिम कायमै
New Office

काठमाडौं। इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने तेलवाहक पानीजहाजमाथिको आक्रमण तीव्र पारेपछि फारसको खाडीबाट कच्चा तेल निर्यातमा देखिएको नाजुक सुधार जोखिममा परेको छ।

अमेरिका नेतृत्वको गठबन्धनमा आबद्ध सेनाहरूले व्यापारिक पानीजहाजलाई सुरक्षा सूचना उपलब्ध गराउने संस्था जोइन्ट मेरिटाइम इन्फर्मेसन सेन्टरका अनुसार पछिल्लो एक महिनामा होर्मुज जलडमरूमध्य, फारसको खाडी वा ओमानको तटीय क्षेत्रमा यात्रा गरिरहेका करिब २० वटा व्यावसायिक पानीजहाज आक्रमणमा परेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जहाजहरूको आवागमन निगरानी गर्ने कम्पनी विन्डवार्डकी वरिष्ठ सामुद्रिक गुप्तचर विश्लेषक मिशेल वाइज बकम्यानका अनुसार तेस्रो त्रैमासिकमा होर्मुज जलडमरूमध्य पार गरेका प्रत्येक १०० वटा पानीजहाजमध्ये करिब दुईवटामाथि इरानले आक्रमण गरेको थियो।

Garima Development Bank
Bizshala
IME remit

अहिले होर्मुज हुँदै हुने तेलको आवागमन मुख्यतः अमेरिकी सेनाको ठूलो उपस्थितिमा निर्भर छ। अमेरिकी सेनाले ओमानको तटीय क्षेत्रसँगै दक्षिणी मार्गबाट आवतजावत गर्ने तेलवाहक पानीजहाजलाई सुरक्षा प्रदान गरिरहेको छ।

होर्मुजको सुरक्षा अवस्था अझै जोखिमपूर्ण रहेकाले तेहरानसँग कुनै सहमति नभएसम्म वा इरानले आत्मसमर्पण नगरेसम्म कच्चा तेल निर्यातमा देखिएको यो सुधार कति समय टिक्छ भन्ने स्पष्ट छैन।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.