काठमाण्डौ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चलाएको स्विप अपरेसन तथा फरार व्यक्तिको खोजी अभियानका क्रममा पछिल्लो २४ घण्टामा ८७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ गते बिहानदेखि कात्तिक १० गते बिहान ६ बजेसम्म विशेष स्विप अपरेसन सञ्चालन गरिएको थियो। उक्त अभियानबाट मात्रै ७५ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि र विगतका विवरण जाँच भइरहेको छ। जाँचपछि आवश्यकताअनुसार मुद्दा चलाउने वा रिहा गर्ने निर्णय गरिनेछ।
त्यस्तै, अदालतबाट कैद तथा जरिवानाको फैसला भएर फरार रहेका ८ जना पनि पक्राउ परेका छन्।
अदालतबाट पक्राउ अनुमति जारी भई अनुसन्धानका क्रममा खोजी सूचीमा रहेका थप ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यसरी स्विप अपरेसन, अदालतको फैसला कार्यान्वयन र अनुसन्धानका लागि खोजी गरिएका व्यक्तिसहित पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाबाट कुल ८७ जना पक्राउ परेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।