काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार अमेरिकी डलरको आसपास स्थिर रहेको हो।
केही समयअघि तीन महिनाभन्दा लामो अवधिकै न्यून विन्दुमा झरेको सुनको मूल्यलाई तेलको भाउमा आएको गिरावट र सस्तो मूल्यमा सुन खरिद गर्ने लगानीकर्ताको सक्रियताले केही समर्थन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय बजारमा मंगलबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।