होर्मुज क्षेत्रमा सैन्य झडपको आरोप–प्रत्यारोप, इरान र अमेरिकाबीच तनाव चर्कियो
काठमाण्डौं । होर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच तनाव फेरि चुलिएको छ। इरानले अमेरिकी सेनामाथि दुई इरानी जहाजलाई निशाना बनाएको र नागरिक क्षेत्रमा आक्रमण गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

