हर्मुज जलक्षेत्रमा दुई तेल ट्याङ्करमा विस्फोट र आगलागी, २० लाख ब्यारेल तेल बोकेको जहाजसमेत प्रभावित
काठमाण्डौ। मध्यपूर्वमा जारी तनावबीच विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलक्षेत्रमा दुईवटा तेल ट्याङ्करमा विस्फोटपछि आगलागी भएको छ। ओमानको खसाब बन्दरगाह नजिकै समुद्री धरापमा ठोक्किएर ती जहाजमा आगलागी भएको इरानले दाबी गरेको हो।इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले ती ट्याङ्करले अनुमति नलिई जलमार्ग पार गर्ने प्रयास गर्दा विस्फोट भएको जनाएको...

