सुरक्षा चासोका कारण चीनले ईभी कारको ‘हिडन डोर ह्याण्डल’माथि लगायो प्रतिबन्ध
काठमाण्डौ । चीनले विद्युतीय सवारीसाधनमा प्रयोग हुँदै आएको हिडन डोर ह्याण्डलमा प्रतिबन्ध लगाएको छ। यस्तो डिजाइन अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी टेस्लाले लोकप्रिय बनाएको थियो । यस निर्णयसँगै चीन यस्तो डिजाइनमाथि रोक लगाउने विश्वकै पहिलो देश बनेको छ।हालै चीनमा भएका केही घातक दुर्घटनापछि ईभीको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ। विशेष गरी साओमीका दुई विद्युतीय गाडी...

