शुक्रबार, बैशाख ४,२०८३ 07:59:40
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:59:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुरक्षा चासोका कारण चीनले ईभी कारको ‘हिडन डोर ह्याण्डल’माथि लगायो प्रतिबन्ध

Bizshala
सुरक्षा चासोका कारण चीनले ईभी कारको ‘हिडन डोर ह्याण्डल’माथि लगायो प्रतिबन्ध
Shivam Cement

काठमाण्डौ । चीनले विद्युतीय सवारीसाधनमा प्रयोग हुँदै आएको हिडन डोर ह्याण्डलमा प्रतिबन्ध लगाएको छ। यस्तो डिजाइन अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी टेस्लाले लोकप्रिय बनाएको थियो । यस निर्णयसँगै चीन यस्तो डिजाइनमाथि रोक लगाउने विश्वकै पहिलो देश बनेको छ।

हालै चीनमा भएका केही घातक दुर्घटनापछि ईभीको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ। विशेष गरी साओमीका दुई विद्युतीय गाडी दुर्घटनामा पावर फेल भएपछि ढोका नखुलेको आशंका गरिएको थियो, जसका कारण यात्रुको ज्यान गएको बताइएको छ।

चीनको उद्योग तथासूचना प्रविधि मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार अब बजारमा बिक्री हुने सबै सवारी साधनमा ढोकाको भित्री र बाहिरी भागमा अनिवार्य रूपमा मेकानिकल रिलिज प्रणाली हुनुपर्नेछ। यी नियमहरू १ जनवरी २०२७ देखि लागू हुनेछन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नियमअनुसार बुट (डिक्की) बाहेक प्रत्येक यात्रु ढोकाको बाहिरी भागमा कम्तीमा ६ सेमि × २सेमि × २.५ सेमि आकारको खोच हुनुपर्नेछ, जसले ह्यान्डलमा सहज पहुँच सुनिश्चित गर्छ। साथै, गाडीको भित्री भागमा ढोका खोल्ने तरिका देखाउने कम्तीमा १ सेमि × ०.७सेमि आकारको स्पष्ट संकेत राख्नुपर्नेछ।

यसअघि नै स्वीकृति पाइसकेका र चिनियाँ बजारमा प्रवेशको अन्तिम चरणमा रहेका मोडलहरूलाई भने डिजाइन परिमार्जनका लागि थप दुई वर्षको समय दिइनेछ।

विद्युतीय, हाइब्रिड र फ्युलसेल गाडीहरू समावेश चीनको न्यू इनर्जी भेहिकल बजारमा  हिडेन डोर ह्याण्डल व्यापक रूपमा प्रयोग हुँदै आएका छन्। सरकारी अखबार चाइना डेली का अनुसार, चीनका शीर्ष १०० बढी बिक्री हुने न्यू इनर्जी भेहिकल मोडलमध्ये करिब ६०प्रतिशत मा यस्तो डिजाइन प्रयोग गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

यी नियमहरू चीनमै बिक्री हुने मोडलमा मात्र लागू भए पनि, विश्वव्यापी अटोमोबाइल उद्योगमा चीनको ठूलो प्रभाव भएकाले यसको असर अन्तर्राष्ट्रिय स्तरमै पर्ने अपेक्षा गरिएको छ।

यसैबीच, टेस्लाका ढोका ह्यान्डलहरूबारे अमेरिकामा पनि अनुसन्धान भइरहेको छ। अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले गत नोभेम्बरमा टेस्लाको मोडल वाईमा प्रयोग भएका विद्युतीय ह्यान्डल अचानक काम नगरेको गुनासोपछि अनुसन्धानसुरु गरेको थियो।

२०२१ मोडलका टेस्ला गाडीहरूमा यसबारे नौ वटा उजुरी प्राप्त भएको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले जनाएको छ  । जसमध्ये चार घटनामा यात्रुहरूलाई उद्धार गर्न गाडीको सिसा फुटाउनु परेको थियो। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.