बुधबार, आश्विन २१,२०८३ 12:53:33
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 12:53:33
Bizshala
Global IME Bank Limited

दशैंमा गाडी किन्दा ३ लाखसम्म नगद छुट, निःशुल्क इन्स्योरेन्सदेखि एसेसरिजसम्म अफर

Bizshala
दशैंमा गाडी किन्दा ३ लाखसम्म नगद छुट, निःशुल्क इन्स्योरेन्सदेखि एसेसरिजसम्म अफर
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । दशैं, तिहार र छठलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरुले नयाँ गाडी खरिदमा आकर्षक अफर ल्याएका छन्। नगद छुट, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, एक्सचेन्ज बोनसदेखि विभिन्न एसेसरिजसम्मका सुविधा दिएर कम्पनीहरु चाडपर्वको बजार तताउने प्रतिस्पर्धामा देखिएका छन्।

हाल सञ्चालनमा रहेका अफरअनुसार नयाँ गाडी किन्दा ग्राहकले ५० हजार रुपैयाँदेखि अधिकतम ३ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन्। केही कम्पनीले एक वर्षको निःशुल्क ‘अटो प्लस’ इन्स्योरेन्स, रोड ट्याक्स तथा गाडीमा आवश्यक विभिन्न एसेसरिजसमेत निःशुल्क उपलब्ध गराइरहेका छन्।

एमजीमा ३ लाखसम्म नगद छुट, एक वर्ष निःशुल्क इन्स्योरेन्स

नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले चाडपर्व लक्षित योजनाअन्तर्गत विभिन्न मोडलमा नगद छुट र निःशुल्क इन्स्योरेन्सको सुविधा दिइरहेको छ।

कम्पनीले मोडलअनुसार न्यूनतम एक लाखदेखि अधिकतम ३ लाख रुपैयाँसम्म नगद छुट उपलब्ध गराएको छ।

नयाँ एमजी एस–५ खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँ नगद छुट पाउनेछन्। एमजी एम–५ खरिदमा भने एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराइएको छ।

त्यस्तै, एमजी यु–९ खरिदमा डेढ लाख रुपैयाँ नगद छुटसँगै एक वर्षको निःशुल्क इन्स्योरेन्स दिइएको छ।

एमजी एचएस खरिदमा सबैभन्दा बढी ३ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ। यसमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्ससमेत उपलब्ध छ।

त्यसैगरी एमजी आइएम–६ र एमजी एस–६ खरिदमा पनि कम्पनीले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा दिइरहेको छ।

बाढी र वर्षाले एमजीको डेलिभरी प्रभावित, बुकिङमा ठूलो असर छैन

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षाले देशभर यातायात र ढुवानी प्रभावित बनाउँदा नयाँ गाडीको आपूर्तिमा पनि असर परेको छ।

यसको प्रभाव एमजीका बुकिङ भइसकेका गाडीको डेलिभरीमा देखिएको छ।

नक्सालस्थित एमजीका सिनियर सेल्स अफिसर हरि खड्काका अनुसार रसुवा नाका अवरुद्ध भएपछि गाडी आयातका लागि वैकल्पिक रुपमा कोरला नाका प्रयोग गर्नुपरेको थियो।

‘भर्खरै गएको बाढी र लगातारको वर्षाका कारण रसुवा नाका बन्द भयो। रुट परिवर्तन गरेर कोरला नाका प्रयोग गर्नुपर्दा गाडी शोरुमसम्म आइपुग्न बढी समय लाग्यो,’ उनले भने।

उनका अनुसार बाढी र वर्षाका कारण बुकिङ भएका केही गाडी समयमै डेलिभरी गर्न नसकिए पनि बुकिङको दर भने खासै प्रभावित भएको छैन।

‘बुकिङ भएका गाडी समयमा दिन सकेनौं, तर बुकिङ दरमा खासै असर परेको छैन। पहिले जस्तो थियो, अहिले पनि लगभग उस्तै छ,’ खड्काले भने। उनका अनुसार भदौमा करिब १०० वटा एमजी गाडी बुकिङ भएका थिए। नक्साल शोरुमबाट मात्रै ३२ वटा गाडी डेलिभरी गरिएको थियो।

असोज मध्यसम्म करिब ५० वटा गाडी बुकिङ भएको र ३५ वटा डेलिभरी भइसकेको उनले बताए। तर सोह्रश्राद्ध सुरु भएसँगै अटो बजारमा केही सुस्तता आउन सक्ने उनको अनुमान छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सुजुकी ब्रेजामा एक लाखसम्म छुट, इन्स्योरेन्स र एसेसरिज निःशुल्क

नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले पनि चाडपर्व लक्षित अफर सञ्चालन गरिरहेको छ।

कम्पनीले विभिन्न मोडलमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म नगद छुटका साथै निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजको सुविधा दिएको छ।

सुजुकी ब्रेजा खरिदमा एक लाख रुपैयाँसम्म नगद छुट दिइएको छ। एक्सचेन्जमार्फत गाडी खरिद गर्ने ग्राहकले थप एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन्।

यससँगै एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स तथा डोर भाइजर, फ्लोर म्याट, साइड मोल्डिङ, मडगार्ड र नम्बर प्लेटजस्ता एसेसरिजसमेत निःशुल्क उपलब्ध गराइएको छ।

फ्रोन्क्समा एक लाख, इको कार्गोमा ५० हजार छुट

सुजुकीको इको कार्गो खरिद गर्ने ग्राहकले ५० हजार रुपैयाँ नगद छुट पाउनेछन्। यसमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र बेसिक एसेसरिजसमेत उपलब्ध छन्।

त्यस्तै, सुजुकी फ्रोन्क्स खरिदमा एक लाख रुपैयाँ नगद छुट दिइएको छ। एक्सचेन्जमा थप ५० हजार रुपैयाँ बोनसको व्यवस्था गरिएको छ।

फ्रोन्क्समा पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिज उपलब्ध गराइएको छ।

भिक्टोरियस र ई–भिटारामा एक लाखसम्म छुट, वागेन आरमा ८० हजार

सुजुकीको भिक्टोरियस र ई–भिटारामा एक लाख रुपैयाँसम्म नगद छुटको अफर छ। एक्सचेन्जमा गाडी खरिद गर्दा थप एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाइनेछ।

यी दुवै मोडलमा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजसमेत उपलब्ध गराइएको छ।

त्यस्तै, सुजुकी वागेन आर खरिदमा ८० हजार रुपैयाँ नगद छुट दिइएको छ। यसमा पनि एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र एसेसरिजको सुविधा छ।

बाढीले सुजुकीको बुकिङमा असर गरेन, सोह्रश्राद्धपछि बजार सुस्त

भोटेकोशीको बाढी र लगातारको वर्षाले अन्य व्यवसाय तथा ढुवानी क्षेत्रमा ठूलो प्रभाव पारे पनि सुजुकी गाडीको बुकिङमा भने खासै असर नपरेको कम्पनीका बिक्री कर्मचारी बताउँछन्।

नक्सालस्थित सुजुकी शोरुमका सेल्स एक्जिक्युटिभ साजन खड्गीका अनुसार भदौमा २२ देखि २३ वटा गाडी बुकिङ भएका थिए र हाल पनि बुकिङको अनुपात लगभग उस्तै छ।

‘बाढी र लगातारको वर्षाले सुजुकीको बुकिङमा खासै समस्या पारेन। भदौमा २२–२३ वटा गाडी बुकिङ भएका थिए, अहिले पनि अनुपात लगभग उस्तै छ,’ उनले भने।

तर सोह्रश्राद्ध सुरु भएपछि भने नयाँ गाडी खरिद र डेलिभरीमा सुस्तता देखिएको उनको भनाइ छ।

‘सोह्रश्राद्ध सुरु भएपछि बुकिङ र डेलिभरी दुवैमा प्रभाव परेको छ। अहिले नयाँ बुकिङ निकै कम भएको छ,’ खड्गीले भने।

चाडपर्व नजिकिँदै जाँदा कम्पनीहरुले छुट र सुविधाको प्रतिस्पर्धा बढाए पनि सोह्रश्राद्धका कारण तत्काल बजार केही सुस्त देखिएको छ। व्यवसायीहरु भने दशैंको मुख्य खरिद अवधि सुरु भएसँगै अटो बजार पुनः चलायमान हुने अपेक्षामा छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.