नाडा अटो शोमा टु ह्विलरको दबदबा, यात्री पी–२ ले खिच्यो दर्शकको ध्यान
-सुजता थापा काठमाण्डौ । भृकुटीमण्डपमा जारी १८औँ ‘नाडा अटो शो २०२६’ मा चारपाङ्ग्रे सवारीसाधनसँगै दुई पाङ्ग्रे सवारी (टु ह्विलर)प्रति पनि अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । यसपटकको प्रदर्शनीमा नेपालमै उत्पादित तथा एसेम्बल भएका वस्तुहरूलाई विशेष प्राथमिकता दिइएको छ । नाडा अटो शोमा नेपाली बजारमा लोकप्रिय बनेको विभिन्न टु ह्वीलर ब्रान्डका सवारीहरु राखिएका छन् ।...

