पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी ऐरलाई
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिक्मतसिंह ऐर नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने जिम्मेवारी तोकेको हो।

