काठमाण्डौ । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिक्मतसिंह ऐर नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने जिम्मेवारी तोकेको हो।
सरकारले हालै ल्याएको अध्यादेशमार्फत संगठित संस्था तथा नियामक निकायमा कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूलाई पदमुक्त गर्ने निर्णय गरेसँगै तत्कालीन सीईओ दीपकराज जोशी पदबाट हटाइएका थिए। त्यसपछि वरिष्ठताको आधारमा ऐरलाई निमित्त नेतृत्व सुम्पिएको हो।

