हङकङमा आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुग्यो, २०० जना अझै बेपत्ता
काठमाण्डौ । हङकङमा बुधबार दिउँसो सुरु भएको भीषण आगलागीपछि ताइ पोको वाङ फुक कोर्ट आवासीय कम्प्लेक्समा उद्धार कार्य शुक्रबार समापन भएको अधिकारीहरूले बताएका छन्। यो आगलागी पछिल्लो ८० वर्षकै सबैभन्दा घातक मानिएको छ । जसमा १२८ जनाको मृत्यु भएको र करिब २०० जना अझै बेपत्ता रहेका छन्।आगलागी ३२–तले आठवटा ब्लकमध्ये सातवटामा तिव्र रुपमा फैलिएको थियो। सुरक्षा प्रमुख क्रिस ट्याङका...

