होटल एलिस द वन्डरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
काठमाण्डौ । होटल एलिस द वन्डर लिमिटेडले विेशष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रदको अजेण्डासहित विशष साधारण सभा डाकेको हो । कम्पनीको सभा आगामी असार १९ गते बुधबारका दिन नयाँ बानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।