६५ भन्दा बढी फिचर्सका साथ नयाँ हुन्डाई भेन्यू लञ्च
काठमाण्डौ । हुन्डाई कम्पनीले आफ्नो नयाँ भेन्यू भारतमा सार्वजनिक गरेको छ । यो भेन्यूको नयाँ मोडल हो, कम्पनीको सबैभन्दा बढी बिक्रि हुने कम्प्याक्ट एसयूभी मध्येको एक हो र पुरानो मोडलको तुलनामा यसमा धेरै परिवर्तन गरिएको छ । गाडीको बाहिरी र भित्री भागमा परिवर्तन गरी पहिलेको भन्दा आकर्षक बनाइएको छ । नयाँ भेन्यू ६ मोनोटोन र दुई डुअल टोन कलरमा लन्च गरिएको छ । यसको मूल्य ७.८९ लाख...

