दिल्लीमा नयाँ ईभी नीति लागू, पुराना पेट्रोल–डिजेल गाडी हटाउन १ लाख रुपैयाँसम्म प्रोत्साहन
काठमाण्डौ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्ने र विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले इलेक्ट्रिक भेहिकल (ईभी) नीति–२०२६ लागू गरिएको छ। दिल्ली सरकारले यो नीति आगामी जुलाई १, २०२६ देखि कार्यान्वयनमा ल्याउने जनाएको छ।

