दक्षिण लेबनानमा इजरायली आक्रमण, लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
काठमाण्डौं । दक्षिण लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो हवाई आक्रमणमा लेबनानी सेनाका वरिष्ठ अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। केही दिनअघि मात्र अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच सर्तसहित युद्धविराम सहमति भएको अवस्थामा भएको यस घटनाले क्षेत्रीय सुरक्षा स्थिति फेरि अस्थिर बनाएको छ।

