बाढीले निर्माणाधीन ईखुवा जलविद्युत आयोजना क्षतिग्रस्त, २ मजदुर बेपत्ता
काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीले ईखुवा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले आयोजनामा क्षति पुग्नुका साथै आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको छ । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।