काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीले ईखुवा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले आयोजनामा क्षति पुग्नुका साथै आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको छ ।
भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
बाढीमा परी बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् । यस्तै बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको भने खोजी कार्य जारी छ ।