दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङ छानबिन, थप कोही भेटिएनन्
काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवितै उद्धार गरिएपछि गरिएको थप खोजीमा शुक्रबार साँझसम्म अरू कुनै व्यक्ति फेला परेका छैनन्।जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेसहितको टोलीले सुरुङका पहुँचयोग्य विभिन्न भागमा पुगेर खोजी गरेको थियो। न्यौपानेका अनुसार पहिलो चरणको विस्तृत खोजीका क्रममा जीवित वा मृत अवस्थामा थप...

