FIN-TECH

रिल्सका लागि छुट्टै एप ल्याउने योजनामा इन्स्टाग्राम, के टिकटक हो कारण ?

काठमाण्डौ । अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएसँगै इन्स्टाग्रामले आफ्नो सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा लन्च गर्ने योजना बनाएको छ ।  प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् ।