काठमाण्डौ । अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएसँगै इन्स्टाग्रामले आफ्नो सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा लन्च गर्ने योजना बनाएको छ ।
प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् ।
तर, इन्स्टाग्रामको मूल कम्पनी मेटाले यस सम्बन्धमा कुनै जानकारी दिएको छैन । यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानूनको पालना गर्न ७५ दिनको समय दिएका थिए।
यो कानुन पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको हो। यस कानून अनुसार टिकटकले अमेरिकी कानूनको पालना नगरेमा स्थानीय कम्पनीलाई बेच्नु पर्ने वा प्रतिबन्धको सामना गर्नुपर्नेछ।