बीमा अभिकर्तालाई राहत, ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा
काठमाण्डौ । सरकारले बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था ल्याएको छ । अर्थमन्त्रालयले आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताले तिर्ने ब्याज वा थप दस्तुर मिनाहाको व्यवस्था गरेको हो ।

