सेयर कारोबारबाट वाणिज्य बैंकहरुको रु.२.६४ अर्ब आम्दानी, कुनको कति ?
काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर र विदेशी मुद्राको कारोबारबाट साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस्तो क्षेत्रमा लगानी गरी बैंकहरुले २ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।बैंकहरुको यस्तो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा २३.७३ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म...

