जीवन बीमकहरुको लगानीको ठूलो हिस्सा मुद्दती निक्षेपमा, ‘ब्याजदर घट्दा आम्दानीमा संकुचन आउने सम्भावना’
काठमाण्डौ। जीवन बीमा कम्पनीहरुको ९२.३५ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित छ । चालु आवको पहिलो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीको मुद्दती निक्षेप (एफडी)मा मात्रै ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ लगानीको रुपमा रहेको छ । जीवन बीमकहरुको सो अवधिसम्म विभिन्न क्षेत्रमा ६ खर्ब ७७ अर्ब ५९ करोड रुपैयाँ लगानी रहेको छ । यसअनुसार जीवन बीमकहरुले एफडीमा मात्रै...