बुधबार, माघ २३,२०८१ 12:27:09
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:27:09
IME remit
Global IME Bank Limited

जीवन बीमकहरुको लगानीको ठूलो हिस्सा मुद्दती निक्षेपमा, ‘ब्याजदर घट्दा आम्दानीमा संकुचन आउने सम्भावना’

Hyundai Nepal
जीवन बीमकहरुको लगानीको ठूलो हिस्सा मुद्दती निक्षेपमा, ‘ब्याजदर घट्दा आम्दानीमा संकुचन आउने सम्भावना’
Nabil Bank Limited

काठमाण्डौ। जीवन बीमा कम्पनीहरुको ९२.३५ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित छ । चालु आवको पहिलो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीको मुद्दती निक्षेप (एफडी)मा मात्रै ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ लगानीको रुपमा रहेको छ ।  

जीवन बीमकहरुको सो अवधिसम्म विभिन्न क्षेत्रमा ६ खर्ब ७७ अर्ब ५९ करोड रुपैयाँ लगानी रहेको छ । यसअनुसार जीवन बीमकहरुले एफडीमा मात्रै ९० प्रतिशत भन्दा बढी लगानी गरेका छन् ।  

बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपतर्फको ब्याजदर महिनैपिच्छे घटेपनि जीवन बीमा कम्पनीहरु यस क्षेत्रमा लगानी गर्न बढी केन्द्रित छन् । गत आवको तुलनामा एफडीको लगानी ३१.७७ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्म जीवन बीमकहरुको मुद्दतीमा कुल ४ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ निक्षेप थियो ।  

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीको ब्याजदर घट्दो अवस्थामा छ । गत वर्ष बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० प्रतिशत भन्दा बढी नै थियो । एक वर्षको अन्तरालमै बैंकहरुको मुद्दतीको ब्याजदर आधा भन्दा बढी घटेको छ ।  

तरपनि बीमा कम्पनीहरुलाई ८० देखि ९० प्रतिशत रकम भने मुद्दतीमा नै राख्न बाध्यात्मक अवस्था छ । देशको अर्थतन्त्रमा सामान्य सुधार देखिएपनि लगानीका लागि अन्य सेक्टर खासै उपयुक्त हुन नसक्दा जीवन बीमा कम्पनीहरुले भनेजस्तो लगानी विविधिकरण गर्न सकेका छैनन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

मुद्दतीको घट्दो ब्याजदरले जीवन बीमा कम्पनीहरुको लगानीमा सर्ट टर्म प्रभाव पार्न सक्ने जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीइओ पोषकराज पौडेलले बताए । ‘बीमा कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी रकम मुद्दतीमा नै रहेको हुन्छ, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीको ब्याजदर महिनैपिच्छे घट्दो अवस्थामा छ, यसले बीमा कम्पनीलाई सर्ट टर्मका लागि केही प्रभाव पार्न सक्छ’ उनले भने, ‘एफडीको ब्याजदर रेट घट्दा बीमा कम्पनीहरुको आम्दानीमा केही प्रतिशत संकुचन आउने देखिन्छ तर पछिल्लो समय बीमा कम्पनीले अन्य सेक्टरमा पनि लगानी गरिरहेका छन् दीर्घकालिन रुपमा भने एफडीको ब्याज घटेपनि त्यति प्रभाव नपर्ने देखिन्छ ।’

चालु आवमा जीवन बीमा कम्पनीहरुको लगानी गत वर्ष भन्दा राम्रो भइरहेको पौडेलको दाबी छ । ‘जीवन बीमा कम्पनीहरुले गत वर्ष भन्दा लगानी विविधिकरण गरिरहेका छन्, केही कम्पनीहरुले हवाई क्षेत्र, केबुलकार तथा पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन्’ उनले भने, ‘तर अन्य सेक्टरमा गरेको लगानी मुद्दतीमा गरेको लगानीमा जस्तो कम जोखिम र रिटर्न पाउने ग्यारेन्टी भने नहुन सक्छ त्यसकारण पनि बीमा कम्पनीहरु बढी मुद्दतीमा निक्षेप राख्न केन्द्रित देखिएका हुन् ।’

त्यस्तै, जीवन बीमक संघका पूर्वाध्यक्ष तथा सानिमा रिलायन्स लाइफका सीइओ शिवनाथ पाण्डेले अन्य सेक्टरमा जस्तो मुद्दतीमा रिस्क नहुने भएकाले बीमा कम्पनीहरुको अधिकांश रकम मुद्दती निक्षेपमा थुप्रिएको बताए ।  

Muktinath Bikas Bank Limited

‘बीमा कम्पनीहरु नाफामुखी भन्दा पनि सेवामुखी कम्पनी हो, बीमितहरुबाट संकलित बीमाशुल्क हामीले रिस्क कम हुने र केही प्रतिशत भएपनि आम्दानी हुने सेक्टरमा नै लगानी गर्नुपर्ने हुन्छ’ उनले भने, ‘बीमितहरुले बीमा कम्पनीलाई विश्वास गरेर बीमा गरेका हुन्छन्, बीमा कम्पनीले पनि सहि ठाउँमा लगानी गरी बीमित र सेयरधनीहरुलाई राम्रो बोनस तथा लाभांश दिनलाई रिस्क कम हुने क्षेत्रमा बढी लगानी गरेका हुन् ।’

अन्य सेक्टरमा लगानी गरिहाल्ने खालको वातावरण बनिनसकेको पाण्डेको भनाई छ । देशको अर्थतन्त्रमा शिथिलता कायमै देखिएकाले घरजग्गा जस्तो क्षेत्रमा लगानी गर्दा जोखिम हुन सक्ने उनले बताए ।  

‘बीमा कम्पनीहरुले लगानी गर्ने रकम पब्लिकको पैसा हो, यसलाई जोखिम हुने क्षेत्रमा लगानी गरेर बर्षौसम्म पनि आम्दानी हुन सकेन भने बीमित र सेयरधनीलाई नै प्रतिफल दिन सक्दैनौं’ उनले भने, ‘लगानी कस्तो क्षेत्रमा छ र त्यसबाट रिटर्न आउँछ या आउँदैन त्यसमा नै बीमा कम्पनीको आम्दानी निर्भर हुन्छ ।’

साथै बीमा कम्पनीहरुले विस्तारै अन्य क्षेत्रमा पनि लगानी गर्न थालेको उनको भनाई छ । ‘गत वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीहरुले अन्य क्षेत्रमा पनि लगानीको दायरा बढाएका छन् र केही कम्पनीले त हवाई क्षेत्र वा केबुलकार जस्ता नयाँ सेक्टरमा इन्भेष्ट गरी लगानी विविधिकरण गरेका छन्’ उनले भने, ‘बीमा कम्पनीको लगानी विधिकरण विस्तारै हुने हो, जसरी बीमा कम्पनीहरुको व्यवसाय ग्रोथ हुन्छ त्यसरी नै लगानीको वातावरण पनि बन्दै जान्छ ।’

जीवन बीमा कम्पनीहरुको ९० प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा नै रहेकाले बैंकले दिने ब्याजदरमा नै बीमा कम्पनीको आम्दानी निर्भर रहने पाण्डेको भनाई छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.