इरान–अमेरिका तनावको असर : भारतको ऊर्जा सुरक्षामा चुनौती, आयात लागतमा दबाब
काठमाण्डौ । पछिल्ला केही महिनायता मध्यपूर्वमा बढेको तनाव र इरानसँग सम्बन्धित घटनाक्रमले भारतको ऊर्जा सुरक्षामाथि गम्भीर प्रभाव पारेको छ। विशेषगरी इरानमाथि अमेरिका र इजरायलले सैन्य कारबाही गरेपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको र त्यसको प्रत्यक्ष असर भारतमा देखिएको विश्लेषण गरिएको छ।

