जाल्दीगाड जलविद्युत् आयोजनामा साढे ४ अर्ब लगानी, तीन बैंकले ऋण दिने
काठमाडौं। रुकुम पश्चिममा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाले वित्तीय स्रोत सुनिश्चित गरेको छ। करिब ४ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा तीन बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाल्दीगाड नदीमा निर्माण हुने आयोजनालाई सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्दैछ।...

