छठलगत्तै सरकार बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले छठलगत्तै मन्त्रिपरिषद बिस्तारको तयारी गरेकी छिन् । सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले मंगलबार(आज) अपरान्हदेखि रातिसम्म चलेको सरकार र राजनीतिक दलका प्रतिनिधिबीचको छलफल सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।