टाटाको कम्पनी जगुआर ल्यान्ड रोभरद्वारा अमेरिकामा फेरि गाडी पठाउन सुरु
काठमाण्डौ । बेलायती कार कम्पनी जगुआर ल्याण्ड रोभर (जेएलआर) ले फेरि अमेरिकामा गाडी पठाउन सुरु गरेको छ । अमेरिकाले केही कर लगाएपछि अमेरिकामा जगुआर ल्याण्ड रोभरको सवारी साधनको ढुवानी रोकिएको थियो । लगभग एक महिना पछि पुनः अमेरिकामा कम्पनीले सवारी साधन पठाउन थालेको हो । जगुआर ल्याण्ड रोभर टाटा मोटर्सको सहायक कम्पनी हो।