पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमै
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ।विभागका अनुसार पहिलो तीन महिनामा भएको कुल खर्चमध्ये ८८ प्रतिशत पूँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको हो।विभागका महानिर्देशक दिनेश रजौरियाले तयारी पूरा भएका आयोजनामा बजेट खर्च र निर्माण दुवैमा राम्रो प्रगति देखिएको बताएका...

