जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक
काठमाण्डौ । जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको छ। अब यो रेल सेवा हप्तामा दुई दिन आवतजावत गर्ने गरी सञ्चालनमा आउने भएको हो।सार्वजनिक विवरणअनुसार जनकपुरधाम–अयोध्या क्यान्ट र अयोध्या क्यान्ट–जनकपुरधाम रुटमा क्रमशः १५५९५ र १५५९६ नम्बरका रेल चल्नेछन्।समयतालिकाअनुसार १५५९५ नम्बरको रेल हरेक शनिबार...

