जापान टुरिजम एक्सपो २०२६ : पर्यटन प्रवर्द्धनका लागि बोर्ड र निजी क्षेत्रको संयुक्त बजारीकरण
काठमाण्डौ । जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको चारदिने ‘जापान टुरिजम एक्सपो २०२६’ मा नेपालले सक्रिय सहभागिता जनाएको छ।‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ वटा पर्यटन व्यवसायी कम्पनी तथा होटल सहभागी छन्। बोर्ड र निजी क्षेत्रले संयुक्त रूपमा...

