ट्यारिफको विषयमा छलफलपछि ट्रम्पले क्यानेडेली प्रधानमन्त्रीलाई दिए गभर्नरको संज्ञा
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई क्यानडाको गभर्नरको संज्ञा दिएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच करवृद्धिका विषयमा भएको फोनवार्ता पछि ट्रम्पले यस्तो बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ मा एक पोस्ट गर्दै ट्रुडोमाथि यस्तो टिप्पणी गरेका हुन् ।