Bizshala
  • मंगलवार, पुष २२,२०८२ 11:52:15
Bizshala
Global IME Bank Limited

ट्यारिफको विषयमा छलफलपछि ट्रम्पले क्यानेडेली प्रधानमन्त्रीलाई दिए गभर्नरको संज्ञा

Hyundai Nepal
ट्यारिफको विषयमा छलफलपछि ट्रम्पले क्यानेडेली प्रधानमन्त्रीलाई दिए गभर्नरको संज्ञा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई क्यानडाको गभर्नरको संज्ञा दिएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच करवृद्धिका विषयमा भएको फोनवार्ता पछि ट्रम्पले यस्तो बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ मा एक पोस्ट गर्दै ट्रुडोमाथि यस्तो टिप्पणी गरेका हुन् ।  

CG Motors
Bizshala
Garima Development Bank

अमेरिकी राष्ट्रपतिले लेखेका छन्, ‘मैले क्यानडाका गभर्नर जस्टिन ट्रुडोलाई कमजोर सीमा नीतिका कारण हामीले भोग्नुपरेको समस्यालाई धेरै हदसम्म प्रोत्साहित गरेको बताएको छु। यी नीतिहरू धेरै मानिसको मृत्युको लागि जिम्मेवार छन्। जस्टिन ट्रुडोले मलाई फोन गरे र ट्यारिफको बारेमा के गर्न सकिन्छ भनेर सोधे ।’  

ट्रम्पले थप लेखेका छन्, ‘मैले उनीहरूलाई भनेको थिएँ कि क्यानाडा र मेक्सिकोको सिमानामा आउँदै गरेको फेन्टानिल (औषधि)का कारण धेरै मानिसको मृत्यु भएको छ, र यो अहिले रोकिएको कुरा मलाई कुनै कुराले देखाएको छैन। ट्रुडोले अहिले अवस्था राम्रो भएको बताए, तर मैले उनलाई यो प्रयाप्त रुपमा राम्रो नभएको बताए । ’

ट्रम्पले वार्तालाप केही हदसम्म मैत्रीपूर्ण ढंगले टुङ्गिएको बताए ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

क्यानडाको चुनावका बारेमा ट्रम्पले भने,  ‘क्यानडामा कहिले चुनाव हुँदैछ भन्ने कुरा ट्रुडोले बताउन सकेनन्, जसले मेरो जिज्ञासा बढायो, त्यसपछि उनले सत्तामा रहन यो मुद्दा प्रयोग गर्न खोजेको महसुस गरें ।’  

डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आउने सामानमा २५ प्रतिशत कर लगाएका छन् । यसपछि क्यानडाले पनि काउन्टर ट्यारिफ घोषणा गरेको छ । यो मुद्दा बाहेक ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने दाबीका कारण पनि दुई देशबीच तनावको अवस्था सिर्जना भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.