कैलाली टेम्पो प्रकरणमा दुई वन कर्मचारीविरुद्ध मुद्दा दर्ता
काठमाण्डौ । कैलालीमा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ। पक्राउ परेका १२ वन कर्मचारीमध्ये यी दुई जनामाथि मात्र मुद्दा चलाइएको छ भने बाँकी १० जना रिहा भएका छन्।

