मंगलवार, श्रावण १९,२०८३ 12:20:29
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:20:29
Bizshala
Global IME Bank Limited

कैलाली टेम्पो प्रकरणमा दुई वन कर्मचारीविरुद्ध मुद्दा दर्ता

कैलाली टेम्पो प्रकरणमा दुई वन कर्मचारीविरुद्ध मुद्दा दर्ता
New Office

काठमाण्डौ । कैलालीमा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ।  

पक्राउ परेका १२ वन कर्मचारीमध्ये यी दुई जनामाथि मात्र मुद्दा चलाइएको छ भने बाँकी १० जना रिहा भएका छन्।

घटना छानबिनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ, जसलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

घटना गत शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा भएको थियो।  

स्थानीय धनादेवी धामीले सडक किनारमा टेम्पोमा सामान बेच्दै आएकी थिइन्।  

वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वन कर्मचारीहरूले टेम्पो हटाउने क्रममा भिरबाट खसालेका थिए, जसको व्यापक आलोचना भएको थियो।

वन कार्यालयका कर्मचारीहरूले भने टेम्पो जानाजान खसालिएको नभई अतिक्रमण हटाउने क्रममा भिरालो भूभाग र असन्तुलनका कारण दुर्घटनावश खसेको दाबी गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.