पहिरोले कान्तिराजपथ पूर्ण अवरुद्ध, हेटौँडा–काठमाडौं यातायात ठप्प
काठमाण्डौ । लगातारको वर्षापछि मकवानपुरका दुई स्थानमा गएको पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने प्रमुख छोटो मार्ग कान्तिराजपथ पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध भएपछि सो मार्ग हुँदै हुने सम्पूर्ण सवारी आवागमन प्रभावित भएको छ।

