सोमबार, श्रावण १८,२०८३ 06:51:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:51:05
Bizshala
Global IME Bank Limited

पहिरोले कान्तिराजपथ पूर्ण अवरुद्ध, हेटौँडा–काठमाडौं यातायात ठप्प

पहिरोले कान्तिराजपथ पूर्ण अवरुद्ध, हेटौँडा–काठमाडौं यातायात ठप्प
New Office

काठमाण्डौ । लगातारको वर्षापछि मकवानपुरका दुई स्थानमा गएको पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने प्रमुख छोटो मार्ग कान्तिराजपथ पूर्ण रूपमा बन्द भएको छ।  

सडक अवरुद्ध भएपछि सो मार्ग हुँदै हुने सम्पूर्ण सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगन क्षेत्रमा राति १२ बजेदेखि परेको वर्षासँगै पहिरो खसेको हो।  

लगातार पहिरो खसिरहेकाले सडक खुलाउने कार्यमा कठिनाइ उत्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहान करिब ५स्३० बजेदेखि पहिरो हटाउने कार्य शुरु गरिएको जनाएको छ।  

सडक डिभिजन कार्यालयसँग समन्वय गर्दै सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

यस्तै, भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा पनि बिहानै अर्को पहिरो खस्दा सो सडक खण्डसमेत पूर्ण रूपमा अवरुद्ध बनेको छ।  

दुवै स्थानमा निरन्तर पहिरो खसिरहेकाले सफाइ तथा पुनःस्थापना कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

सडक बन्द भएपछि हेटौँडा–काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।  

स्थानीय प्रशासनले मौसम अझै अस्थिर रहेको भन्दै अनावश्यक यात्रा नगर्न र अत्यन्त आवश्यक अवस्थामा मात्र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.