बोल्ने सूचीमा रहेका कृष्णकुमार कार्कीको अनुपस्थितिले संसदको खिच्यो ध्यान, कार्कीको अनुपस्थितिपछि उठ्न थाले प्रश्न
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्नका लागि नाम दर्ता गराएपनि सदनमा अनुपस्थित भएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा उनको नाम बोलाइए पनि उनी पटक–पटकको आह्वानका बाबजुद पनि उपस्थित नभएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

