काठमाण्डौँ –शेन्जेन सिधा उडान शुरु, नेपालको पर्यटनमा नयाँ ढोका
काठमाण्डौँ । नेपालको पर्यटन उद्योग र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हिमालय एयरलाइन्सले काठमाडौँ–चीनको शेन्जेन सिधा उडान सेवा सञ्चालनमा ल्याएको छ। चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र “शेन्जेन” सँग सीधा हवाई जोडिएसँगै नेपाल–चीन पर्यटन र व्यावसायिक सम्बन्धमा नयाँ आयाम थपिएको छ।

