अमेरिकी दबाबबीच पनि भारतले बढायो रूस र यूएईबाट तेल आयात, रेकर्ड स्तरमा खरिद कायम
काठमाण्डौ । रूसबाट तेल खरिदलाई लिएर अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र कडाइबीच पनि भारतले जुन महिनामा कच्चा तेल आयात उल्लेख्य रूपमा बढाएको छ। विशेषगरी रूस र संयुक्त अरब इमिरेट्स (यूएई) बाट हुने आयात उच्च स्तरमा पुगेको देखिएको छ।

